Friday, December 5, 2025
Homeफिचरदशैंमा देशका केही भागमा पानी पर्ने सम्भावना

दशैंमा देशका केही भागमा पानी पर्ने सम्भावना

विराटचोकः दशैंको टीकाको दिनलगायत दशैंका महाअष्टमी र महानवमी तिथिका दिन देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार विभागले जारी गरेको दशैं विशेष मौसम बुलेटिनमा जनाइएअनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

असोज १४, १५ र १६ गतेको मौसमी अवस्थाबारे विभागले विशेष बुलेटिन सार्वजनिक गरेको हो । अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन बढी पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

दशैंको टीकाको दिनको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

असोज १५ गते महानवमीको दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज १४ गते महाअष्टमीको दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइनसकेको हुनाले यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिएको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ तारिख हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments