विराटचोकः अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जानकारी गराएको थियो ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा रहेका नेपालीका लागि सो देशको स्थानीय समयअनुसार टीकाको साइत निकालेको हो । समितिका अनुसार भारतमा ११ः४९, अमेरिकाको न्युयोर्कमा ११ः२५, अमेरिकाको फ्र्यांकफर्ट र केन्टुकीमा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ः११, क्यानडाको टोरेन्टोमा ११ः११, अष्ट्रेलियाको सिड्नीमा ११ः४३ बजेको साइत उत्तम रहेको छ ।







