विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेपछि लगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख २१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ६८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।







