विराटचोकः आज विश्वकर्मा पूजाको दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १६ हजार १०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलमा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा कारोबार भएका थिए ।







