विराटचोकः वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार बैंकको ब्याजदर भदौको तुलनामा ० दशमलव ११ प्रतिशत बिन्दुले झरेको छ ।
भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशत बिन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५ दशमलव ४६३५ प्रतिशत बिन्दुमा झरेको छ ।
९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका छन् । ९ बैंकहरूले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।







