Friday, December 5, 2025
Homeफिचरआजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

विराटचोकः नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजअसोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरेको हुनाले भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्काशन गरी सङ्कलन भएको रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र तथा म्युचुअल फण्डमा लगानी गर्न र भौतिक पूर्वाधार तथा शाखा विस्तार गर्न प्रयोग गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments