विराटचोकः सुन र चाँद दुवैको भाउले आज उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेका छन् । सुनको भाउले भदौ २७ गते कायम उच्च मूल्यको रेकर्ड र चाँदीले हिजो भदौ ३० गते कायम उच्च मूल्यको रेकर्ड तोडेका हुन् । आज सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।
पछिल्लो समय सुनको भाउले लगातार उच्च मूल्यको नयाँ रेकर्ड बनाइरहेको छ ।







