Friday, December 5, 2025
Homeफिचरपत्रकार विमल शाक्य भन्छन्, ‘ढुङ्गा हान्नेबाहेक अन्य ध्वंसात्मक कार्यमा संलग्न भइनँ’

पत्रकार विमल शाक्य भन्छन्, ‘ढुङ्गा हान्नेबाहेक अन्य ध्वंसात्मक कार्यमा संलग्न भइनँ’

धरानः पत्रकार विमल शाक्य अहिले तनवामा छन् । जेन जी आन्दोलनको क्रममा नेकपा एमाले धरानको पार्टी कार्यालयमा ढुङ्गा हानेको फुटेज सार्वजनिक भएपछि सो घटनाबाहेक अन्य घटना आफू संलग्न नभएको उनले स्पष्टीकरण दिएका छन् ।

पत्रकार सम्मेलन गर्दै पत्रकार शाक्यले भने, ‘बालबालिकाहरूको हत्या भएको घटनाले आवेशमा आएर आक्रोशस्वरूप सानो ढुङ्गासम्म हानेको हुँ । त्यसबाहेक मेरो यो विरोध आन्दोलन र सो सम्बन्धी अन्य कुनै पनि घटनामासहभागिता र संलग्नता छैन ।’

सो घटनालाई अतिरञ्जित गरी आफूले नै आन्दोलनको अगुवाइ गरेको भन्ने जस्तो गरी भ्रामक समाचार आएकोमा उनले आपत्ति जनएका हुन् । घटनाको बारेमा सत्य तथ्य बुझ्न र छानबिन गर्न शाक्यले आग्रह गरेका छन् ।

पत्रकार शाक्य धरानका परिचित छापाखाना व्यवसायी, बुद्ध धर्मका अनुयायी र विपश्यना ध्यानका प्रशिक्षकसमेत हुन् ।

सम्बन्धित समाचारः

तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न नेकपा एमाले धरानको माग

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments