धरानः नेकपा एमाले धरान उपमहानगर कमिटीले जेन जी आन्दोलनको क्रममा पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै तोडफोड र आगजनीमा संलग्नको पहिचान खुलेकोले उनीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
प्राप्त फोटो र भिडियो प्रमाणको आधारमा धरानका पत्रकार विमल शाक्यका साथै मिलन बान्तवा राई र दीपचन्द्र राई (कान्छी) उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको विज्ञप्तीमा खुलाइएको छ ।
धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्वमेयर मनोजकुमार मेन्याङ्बो, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङको घरमा तोडफोड र आगजनी भएको थियो । ती सबै घटनामा संलग्नलाई कारवाही गर्न विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ ।







