विराटचोकः जेन जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको सम्झनामा सरकारले असोज १ गते देशभर शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको छ ।
जेन जी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णयसमेत भएको छ ।
जेन जी आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका छन् । २ हजार ३१६ जना घाइते भएका छन् ।







