Friday, December 5, 2025
Homeकला र साहित्यनोबेल साकोस साहित्य संस्थाको ३७ औँ साहित्यिक शृङ्खलामा समीक्षक हरिप्रसाद बराल सम्मानित

नोबेल साकोस साहित्य संस्थाको ३७ औँ साहित्यिक शृङ्खलामा समीक्षक हरिप्रसाद बराल सम्मानित

विराटनगरः नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले गरेको नियमित रचनावाचन कार्यक्रमको ३७ औँ शृङ्खलामा समीक्षक हरिप्रसाद बराल सम्मानित हुनुभएको छ ।

विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदीको प्रमुख आतिथ्यतामा विराटनगर –४ मा रहेको दाहाल प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा समीक्षक बराललाई सम्मान गरिएको हो ।

मञ्जु दाहाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुजता राईले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोशी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, विराट मैथिल नाट्य कला केन्द्रका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल, कवि राजेन्द्र गुरागाईँ, समीक्षक हरिप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उमानाथ भट्टराई ‘अचल’, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने, पुष्पा सायरा, नानुमैया दाहाल, राधा सुवेदी, गीतादेवी पोखरेल, सुशीला प्रसाईँ, स्वयम्भुनाथ कार्की, उद्धव केसी, ऋषि तिवारी, भुपाल अधिकारी, शैलेन्द्र घिमिरे, प्रेमप्रसाद रिजाल, नेत्र खतिवडा, शान्ता भट्टराई, केशव रिजाल, कर्ण सञ्जय, सिर्जना प्रसाईँ, मदन भण्डारी, कुमार श्रेष्ठ, रेनुका राई, श्रेया सापकोटालगायतका स्रष्टाले रचनावाचन गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments