Friday, December 5, 2025
Homeफिचरआज राष्ट्रिय बाल दिवस, भएन कुनै औपचारिक कार्यक्रम

आज राष्ट्रिय बाल दिवस, भएन कुनै औपचारिक कार्यक्रम

विराटचोकः आज राष्ट्रिय बाल दिवस हो । यसअघि विभिन्न कार्यक्रमका साथ देशभर बाल दिवस मनाइन्थ्यो । यस पटिक भने जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण देशभरका विद्यालय गत मङ्गलबारदेखि बन्द थिए । विद्यालय आजदेखि सञ्चालन भएका छन् । आन्दोलनपछिको निषेधाज्ञा, कर्फ्यु र त्रासका कारण यस पटक बाल दिवसको लागि नारा तय गर्नुबाहेक सरकारी तवरबाट कुनै काम भएनन् ।

बाल दिवस मनाइन थालेको इतिहास हेर्दा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाएको देखेपछि आफ्नो जन्म दिन भदौ ४ मा राष्ट्रिय बाल दिवस मनाउन शुरु गरिएको थियो । वि.सं २०२१ मा नेपाल बाल सङ्गठन स्थापना गरी नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।

लोकतन्त्रको स्थापनापछि २०६३ सालदेखि भने भदौ २९ गते बाल दिवस मनाउन थालिएको हो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइन्छ ।

शिखरबास खबर डट कमले गत वर्षझैँ यस वर्ष पनि सुन्दरहरैंचाका प्रतिभाशाली बालबालिकाको बारेमा समाचार र केही लेख तयार पारेको भए पनि पूर्ण नभएका कारण यस पटक प्रकाशन गरिएन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments