विराटचोकः यो साताभर शेयर बजार नखुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गतेसम्म शेयर बजार बन्द रहने जनाएको हो ।
‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार उक्त अवधिका लागि शेयरबजार बन्द गर्ने को निर्णय गरेको जनाएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि शेयर बजार बन्द छ ।







