विराटचोकः आज सुन र चाँदी दुवैको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ २ हजार ५६५ रुपैयाँ निर्धारण भएको छ ।
योसँगै सुन र चाँदीको भाउले यही भदौ २४ गते बनाएको उच्च मूल्यको रेकर्ड तोडिएको हो । सो दिन सुनको भाउ २ लाख १४ हजार ७०० रुपैयाँ र चाँदीको भाउ २ हजार ५१५ रुपैयाँ निर्धारण भएको थियो ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।







