विराटचोकः जेन जी आन्दोलनपछि नेकपा एमालेले पहिलो पटक आधिकारिक धारणा राखेको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एमाले सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्तिहरू एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरूमाथि विजय हासिल गर्दै यहाँसम्म आइपुगेको हो ।’
यस्तो छ एमालेले निकालेको विज्ञप्तिः










