Friday, December 5, 2025
Homeफिचरमाछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, ८ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, ८ प्रतिशत लाभांश दिने

विराटचोकः गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । यो बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । सो लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

आर्थिक वर्ष २०८०\८१ मा बैंकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७९\८० मा बैंकले १३.३० प्रतिशत बोनस शेयर दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments