Monday, January 26, 2026
Homeप्रविधिनेपालमा दर्ता हुन मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजातको सूची

नेपालमा दर्ता हुन मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजातको सूची

काठमाडौंः नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा चल्न नदिने निर्णय गरेपछि फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

सार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेको हुनाले आवश्यक कागजातको विवरणको जानकारी पठाइएको बताइएको छ ।

सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments