Friday, December 5, 2025
Homeप्रविधिभोलि साँझदेखि मात्रै फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द हुने

भोलि साँझदेखि मात्रै फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द हुने

विराटचोकः सूचीकृत नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्न सरकारले निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलि साँझदेखि मात्रै ती सामाजिक सञ्जाल बन्द हुने जनाएको छ ।

सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाउन समय लाग्ने भएकाले ती सञ्जालहरूलाई पूर्ण रुपमा बन्द गर्न भोलि साँझसम्म लाग्ने संघले जनाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय तथा आज बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments