Friday, December 5, 2025
Homeफिचरधौलागिरी लघुवित्तको लक इन अवधि आज सकिने

धौलागिरी लघुवित्तको लक इन अवधि आज सकिने

विराटचोकः धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आज भदौ १९ गते समाप्त हुने भएको छ । संस्थाका संस्थापक शेयरधनीको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १ हजार ५ सय कित्ता शेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।

संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ भदौ २० गते बाँडफाँड गरिएको थियो ।

लक–इन पिरियड समाप्त भएपछि यी शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने पद बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सो शेयर बिक्री गर्न पाउँदैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments