Friday, December 5, 2025
Homeफिचरआजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै शिवश्री हाइड्रोपावर

आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै शिवश्री हाइड्रोपावर

विराटचोकः शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले आज  भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेकाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् पनि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्कासन गरी सङ्कलन भएको रकम कम्पनीले बैंकहरूको ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments