विराटचोकः इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजको संयुक्त आयोजनामा महिनावारीसम्बन्धी सचेतना तथा परामर्श कार्यक्रम सिद्धार्थ सेकेण्डरी स्कुल र द राइजिङ इङ्लिस स्कुलमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीलाई महिनावारी स्वास्थ्य र सरसफाइबारे जानकारी दिइएको कार्यक्रम संयोजक पार्वती गच्छदारले बताउनुभयो ।







