Friday, December 5, 2025
Homeकला र साहित्यप्रिन्स प्रमोदकुमार ढकालको ‘समयका तरङ्ग’ लोकार्पित

प्रिन्स प्रमोदकुमार ढकालको ‘समयका तरङ्ग’ लोकार्पित

विराटनगरः विराटनगर –१, मोरङमा रहेको विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृति ‘समयका तरङ्ग’ (कवितासङ्ग्रह) को लोकार्पण भएको छ ।

प्रा. कविराज पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल, गङ्गा सुवेदी, संस्कृतिकर्मी महेश रेग्मी, अग्रज स्रष्टा बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठानका कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । बाबुराम पोखरेल र विवश पोखरेलले कृतिको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा हरि कट्टेल, सुमन पोखरेल, केशु विरही, रमेन्द्र कोइराला, मीनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, रोहिणी रसिक, सिजन श्रेष्ठ, पुष्पा सायरा, गोविन्द ढुङ्गाना, शारदा कार्की, राधा भट्टराई, डोमी कामत, मदन भण्डारी, विनोद विवश घिमिरे, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठ, लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौलालगायतका स्रष्टाले कृतिभित्रका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञहरू गङ्गा सुवेदी, खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, अर्जुन गिरीलगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार भरत गुरागाईं बर्बरिकले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments