लेटाङः हालै भएको नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।
लेटाङ बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ जिल्ला अध्यक्ष अजम्बर राईलगायतको उपस्थितिमा शपथ ग्रहण गराइएको हो । नव–निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अधिवेशनबाट सर्वसम्मत निर्वाचित ५६ जना नगर कमिटी सदस्यहरूको पनि शपथ ग्रहण गराइएको थियो ।







