केराबारीः उत्तरी मोरङमा आफ्ना कार्यक्रम गर्दै आएको पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन)ले केराबारी गाउँपालिकामा ‘केरावारी गाउँपालिकाको प्राथमिकतामा युवा लक्षित कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिङिचिङ, प्रवक्ता नारायण भुजेल, वडाध्यक्षहरू प्रेमबहादुर लिम्बू र रामचन्द्र शाही, कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोला, रेमी परियोजनाका देवराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
हर्डनका कार्यक्रम संयोजक सुरेश अधिकारीले अहिलेसम्मको कार्य प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सहभागी युवाले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिइएको थियो ।
विभिन्न तालिम लिएर उद्यम, व्यवसायमा संलग्न युवाहरूको उपस्थिति रहेको कार्यक्रमका सहभागीहरूले कृषि, पशुपालन, व्यवसाय, तालिम कार्यक्रम तथा विकास निर्माणका विषयमा जिज्ञासा राखेका थिए ।







