विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







