विराटचोकः दशैंअघि ६ कम्पनीको शेयरको लकइन अवधि सकिने भएको छ ।
लक इन अवधि सकिनु एक महिना अघि कम्पनीले नेप्सेलाई जानकारी गराउनुपर्ने नियमअनुसार नेप्सेले आफूलाई जानकारीमा आएका ६ कम्पनीको शेयर अबको एक महिनाभित्रमा सकिने जानकारी गराएको हो ।
नेप्सेका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार ५०० कित्ता शेयरको लक इन भदौ २२ गते सकिने भएको हो ।
रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि बाँडफाँड गरेको ६८ लाख ४२ हजार १ सय कित्ता शेयरको लकइन भदौ २७ देखि सकिने भएको छ ।
सामुहिक लगानी कोषसँग रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १ लाख १२ हजार ५ सय कित्ता शेयरको लकइन असोज ५ गते सकिने भएको छ ।
सिक्लेस हाइड्रोपावरको ६४ लाख ९९ हजार ९५० कित्ता संस्थापक शेयरको लकइन असोज ८ गते सकिने भएको छ ।
सामुहिक लगानी कोषसँग रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको ९० हजार कित्ता शेयरमा लक इन असोज ११ गते सकिने भएको छ ।
पिपुल्स पावरको ४८ लाख ३९ हजार ३९० कित्ता संस्थापक शेयरको लक इन पनि असोज ११ गते सकिने भएको छ ।
लकइन अवधि सकिएको भोलिपल्टदेखि सो शेयर साधारण शेयर सरह बिक्री गर्न मिल्छ ।







