Friday, December 5, 2025
Homeफिचरकोशी अस्पतालमा निःसन्तान क्लिनिक सञ्चालनमा

कोशी अस्पतालमा निःसन्तान क्लिनिक सञ्चालनमा

विराटनगरः संघीय राजधानीबाहिर पहिलो पटक कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयुआई) सेवा सञ्चालनमा आएको छ । जहाँ दैनिक १० देखि १५ दम्पत्ति उपचार तथा परामर्शका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

सो अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत् सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउनुहुन्छ । क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा पर्याप्त जानकारी नहुँदा सोचेजस्तो सेवाग्राही नआएको उहाँको भनाइ छ ।

सो अस्पतालकी स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. अञ्जु देव र स्त्रीरोग विशेषज्ञ डा. मधुमिता राणाले सो क्लिनिकमा सेवा प्रदान गरिरहनुभएको छ । परामर्श, प्रारम्भिक परीक्षणदेखि आइयूआईसम्मको सेवा विभागमार्फत् उपलब्ध भइरहेको बताइएको छ ।

सो उपचार सेवा स्वास्थ्य बीमितका लागि राहत दिने भएको छ । अस्पतालका अनुसार बीमामा आबद्ध सेवाग्राहीले बीमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् । अस्पतालले इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा पनि शुरु गर्ने योजना बनाएको बताइएको छ । आईयूआईबाट पनि उपचार सम्भव नभएमा भने दम्पत्तिलाई सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा रेफर गरिन्छ ।

यो क्लिनिक उपचारका साथै प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पुर्याउने उद्देश्यसहित शुरु भएको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments