Friday, December 5, 2025
Homeफिचरअबको सुन्दरहरैंचा विषयमा आज विचार विमर्श हुँदै

अबको सुन्दरहरैंचा विषयमा आज विचार विमर्श हुँदै

विराटचोकः इन्द्रपुर जुनियर जेसीजको आयोजनामा आज विराटचोकस्थित नेपालीरिका होटलमा ‘अबको सुन्दरहरैंचा’ शीर्षकमा विचार विमर्श कार्यक्रम हुने भएको छ ।

आयोजकका अनुसार नीति तथा राजनीति शीर्षक बहसमा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा र राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले बहस गर्नुहुने भएको छ । सो बहसको सहजकर्ता सञ्चारकर्मी विनय बाराकोटी रहनुभएको छ ।

त्यस्तै, डा. दीपक न्यौपानेको सहजीकरणमा हुने शिक्षा तथा स्वास्थ्य शीर्षकको बहसमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलिया, आईएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, सहप्राध्यापक डा. सूर्यबहादुर पराजुली र सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विचार, विमर्श र बहस गर्नुहुने भएको छ ।

उद्यम, कृषि र संस्कृति शीर्षकको बहसमा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल, एग्रीग्रीन नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र उप्रेती, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँ र शिल्पी नाट्य केन्द्रका कला निर्देशक युवराज घिमिरेले विचार विमर्श गर्नुहुने भएको छ । सो कार्यक्रमको सहजकर्तामा निरज न्यौपाने रहनुभएको छ ।

सुशासन र पारदर्शिता शीर्षकको बहसको सहजकर्ताको भूमिकामा सञ्चारकर्मी बाबुराम निरौला रहनुहुने भएको छ । सो बहस कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका महालेखापरीक्षक तोयम राया, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विचार, विमर्श र बहस गर्नुहुने भएको छ ।

बिहान साढे १० बजे शुरु हुने कार्यक्रम आमन्त्रित व्यक्तिहरू मात्र प्रत्यक्ष रूपमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments