Friday, December 5, 2025
Homeफिचरनेप्से र कारोबार रकम दुवैमा गिरावट

नेप्से र कारोबार रकम दुवैमा गिरावट

विराटचोकः आज पनि नेप्से झिनो अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ० दशमलव ०६ प्रतिशत अर्थात १ दशमलव ९४ अंकले घटेर २ हजार ८३२ दशमलव ०६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँमा कारोबार भएको छ । हिजो ९ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाउँदा आज लघुवित्त समूह सर्वाधिक अर्थात् १ दशमलव ३४ प्रतिशतले बढेको छ । आज जीवन बीमा समूह सर्वाधिक अर्थात् ० दशमलव ३९ प्रतिशतले घटेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक २९ करोड ४५ लाख ५७ हजार ७५४ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाईड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । समाज लघुवित्त, स्वाभिमान लघुवित्त, सिवाईसी नेपाल लघुवित्त उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।

आज थ्री स्टार हाइड्रोको शेयरमूल्य सर्वाधिक ३ दशमलव ७८ प्रतिशतले घट्दा समता घरेलु लघुवित्तको शेयरमूल्य २ दशमलव ७२ प्रतिशत र युनिभिलर नेपालको शेयरमूल्य २ दशमलव ७१ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २७ अर्ब २० करोड ६३ लाख ९४ हजार ३३६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments