Friday, December 5, 2025
Homeकला र साहित्यकृष्णाष्टमीको अवसरमा एकल भजन गायन प्रतियोगिता हुने

कृष्णाष्टमीको अवसरमा एकल भजन गायन प्रतियोगिता हुने

विराटचोकः श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको संयुक्त आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर, सेवा आश्रम सुन्दरहरैंचा–९, विराटचोकमा एकल भजन गायन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजकका अनुसार सो प्रतियोगिता भक्तिमय वातावरणमा कृष्णप्रेमीहरूबीच भक्ति सङ्गीतको माध्यमबाट आध्यात्मिक भावनाको प्रवाह गर्ने उद्देश्यले गर्र्न लागिएको हो । दुई चरणमा सम्पन्न हुने प्रतियोगिताको छनोट चरण २४ गते शनिबार बिहान ११ बजे विराटचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा हुने भएको छ ।

साउन ३१ गते फाइनल चरण बिहान ११ बजे सलकपुर मन्दिरमा आयोजना हुने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने ४ जना भजन गायकरूको प्रस्तुति जन्माष्टमी साँझमा प्रस्तुत गरी पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments