इनरुवाः शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन् । उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् ।
विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रामा अगाडि बढाएको बताए । उनले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपतवृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गरेको उल्लेख गरे ।
सो सब स्टेसनले करीब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने बताइएको छ ।