Friday, December 5, 2025
Homeफिचरपत्थरघट्टा युवा समाजको पहिलो कार्यक्रम प्रशंसित, अटिजमसम्बन्धी अभिमुखीकरणमा उत्साहजनक सहभागिता

पत्थरघट्टा युवा समाजको पहिलो कार्यक्रम प्रशंसित, अटिजमसम्बन्धी अभिमुखीकरणमा उत्साहजनक सहभागिता

गोठगाउँः सुन्दरहरैंचा–११ पत्थरघट्टामा स्थापित पत्थरघट्टा युवा समाजले संस्था स्थापनापछि गरेको पहिलो औपचारिक कार्यक्रमले प्रशंसा पाएको छ ।

शनिबार सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पोख्रेल वंश प्रतिष्ठानको सभाहलमा आयोजित अटिजमसम्बन्धी अभिमुखीकरण सचेतना कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले समाजको कार्यको प्रशंसा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले पहिले सरुवा रोगले मानिसलाई बढी दुःख दिने गरे पनि अहिले नसर्ने प्रकृतिका रोगका कारण मानिसहरू समस्यामा पर्ने गरेको बताउनुभयो । अटिजम नसर्ने प्रकृतिको रोग भएको र यस्ता रोगबाट पीडितहरुको पहिचान गर्न नगरलाई कठिनाइ भइरहेको अवस्थामा भएका यस्ता कार्यक्रमले अभिभावक र शिक्षकलाई रोगको पहिचान गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, साना किसान कृषि सहकारी संस्था मृगौलियाका सञ्चालक समिति अध्यक्ष हरि बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । अधिकांश वक्ताले समाजले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

अभिमुखीकरणमा सहभागी सुन्दरवाटिका एकेडेमीकी प्रिन्सिपल जानुका ओझाले यस्ता कार्यक्रमको आयोजना समयसमयमा ठाउँठाउँमा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सिकेको ज्ञानले विद्यालयमा अध्ययनरत बालबालिकामा अटिजम छ कि छैन भनेर अनुमान गरी त्यसअनुसार व्यवहार गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।

अटिजमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका १४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र अभिभावकको उपस्थिति थियो ।

समाजका अध्यक्ष तेजेन्द्र रायाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कैलाश पोखरेलले गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments