Friday, December 5, 2025
Homeफिचरस्वतन्त्र नागरिक समाज मोरङको गठन

स्वतन्त्र नागरिक समाज मोरङको गठन

विराटचोकः सामाजिक काम गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचामा स्वतन्त्र नागरिक समाज मोरङ नामक संस्था गठन गरिएको छ । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज पानस पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी संस्था गठनको औपचारिक रूपमा घोषणा गरिएको हो ।

सुन्दरहरैंचा–३ निवासी नेत्र चौलागाईंको अध्यक्षतामा गठन भएको संस्थाले ‘संस्था उद्घाटन’ नाम दिएर आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध कार्यकर्ता तथा सुन्दरहरैंचाका विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments