खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरीको प्रचारप्रसार हुँदा ओझेलमा परेको छ ।
बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको सो पोखरी वर्षभरि कहिल्यै सुक्दैन । सो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ ।
स्थानीयका अनुसार कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने गर्छन् । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ । जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् पोखरीसम्मको बाटो मर्मत गरिएको छ । प्रतीक्षालय निर्माण भइसकेको सो स्थानमा अब मन्दिर निर्माण गर्ने योजना रहेको बताइएको छ ।







