काठमाडौंः झण्डै १६ महिनापछि नेपाल अति कम विकसित देशबाट विकासशील देशमा पुगेको घोषणा गरिने भएको छ ।
सांसदहरुले विकासशील राष्ट्रको रूपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले पेश गर्नुभएको नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गर्दै सांसदहरुले यस्तो बताएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्याल, एमाले सांसद इन्दिरादेवी गौतमलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।







