Friday, December 5, 2025
Homeकृषिस्याङ्जाको फेदीखोलामा हप्तामा एक दिन विद्यालय खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा हप्तामा एक दिन विद्यालय खाजामा कोदो अनिवार्य

स्याङ्जाः स्याङ्जाको फेदीखोला गाउँपालिकाले स्थानीय अन्नको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाले आज मनाइने प्रथम राष्ट्रिय कोदो दिवसका दिनदेखि पालिकाभित्रका सबै विद्यालयहरूमा हप्तामा कम्तीमा एक दिन दिवा खाजामा कोदोबाट बनेका परिकार अनिवार्य गर्ने निर्णय गरेको छ ।

विद्यालयको दिवा खाजामा कोदोको ढिँडो, मःमः, बाबर, पुवा, सेलरोटी, चिउरा, हलुवा वा सुप समावेश हुने भएको हो ।

कोदो दिवसमा विशेष कार्यक्रम
अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले आज साउन १६ गते ‘कोदो दिवस’को अवसरमा फेदीखोला–१, रामकोटमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त दिन कोदो रोपाइँ, कोदोका विभिन्न परिकारहरूको प्रदर्शनी तथा प्रयोगात्मक कार्यक्रममार्फत समुदायस्तरमा चेतना फैलाइने पालिकाले जनाएको छ ।

पालिकाले विद्यालयस्तरमा सचेतना फैलाउन २०७७ सालदेखि नै कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ समावेश गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments