Friday, December 5, 2025
Homeअर्थघट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

विराटचोकः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments