Friday, December 5, 2025
Homeपर्यटनपर्यटकलाई मोहित पार्ने मिक्वाखोलाको सुनपोखरी

पर्यटकलाई मोहित पार्ने मिक्वाखोलाको सुनपोखरी

ताप्लेजुङः नेपालको हिमाली तथा पहाडी जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको हुन्छ । पछिल्लो समय हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोलाको सुनपोखरीले पनि पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

समुद्र सतहदेखि ४ हजार ५०० मिटरको उचाइमा रहेको सो ताल मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ को लोदेन क्षेत्रमा पर्दछ । अद्भुत धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण तथा हिमालको काखमा रहेको यो पोखरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको क्षेत्र बनिरहेको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँ लाग्ने मेलामा सहभागी हुन स्थानीयका साथै टाढाटाढाबाट आएका भक्तजन पुग्ने गर्दछन् । चारैतिर चट्टान, हिमाली जडीबुटीहरू र शान्त वातावरणले यो स्थानलाई अलौकिक बनाएको छ । मौसम सफा हुँदा यहाँबाट कञ्चनजङ्घा हिमालसहितका अन्य हिमशृङ्खलाहरू प्रष्ट देख्न सकिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments