Friday, December 5, 2025
Homeकृषिलेटाङको जाँतेमा रहेको मङ्गलबारे कृषि हाट बजार अब खुला स्थानबाट टहरामा

लेटाङको जाँतेमा रहेको मङ्गलबारे कृषि हाट बजार अब खुला स्थानबाट टहरामा

लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नं. ८ जाँतेमा खुला स्थानमा लाग्दै आएको कृषि हाट अब टहरामा सरेको छ । नगरपालिकाले टहरा निर्माण गरेपछि तिनै टहरामा हाट लाग्न थालेको हो ।

नवनिर्मित मङ्गलबारे कृषि हाटबजार टहराको उद्घाटन लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले मङ्गलबार गर्नुभएको छ । हाटबजार उद्घाटन कार्यक्रमको अतिथिहरूमा नगरउपप्रमुख कृष्णकुमारी निरौला, वडा नं. ८ का अध्यक्ष भीम पोख्रेल, वडा नं. ९ का अध्यक्ष नन्दप्रसाद खतिवडाका साथै जनप्रतिनिधिहरू, व्यापारी, लगायत सामाजिक एवं राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगरपालिकाले विनियोजन गरेको ३५ लाख रुपैयाँको लागतमा बजारस्थल निर्माण भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments