Friday, December 5, 2025
Homeफिचरदिक्तेल रुपाकोट मझुवागढीका मेयरद्वारा काठमाडौंको माइतीघरमा सत्याग्रह, माग पूरा नभए अनसन

दिक्तेल रुपाकोट मझुवागढीका मेयरद्वारा काठमाडौंको माइतीघरमा सत्याग्रह, माग पूरा नभए अनसन

दिक्तेलः खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह शुरु गर्नुभएको छ । बाँसजन्य सामग्रीको प्रवद्र्धनसहित सात बुँदे माग उहाँले राख्नुभएको छ ।

बाँसका सामग्री तथा स्थानीय स्तरमा उत्पादन हुने थोक वस्तुको प्रवद्र्धन गर्न सरकारसमक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह शुरु गरेको नगर प्रमुख भट्टराई बताउनुहुन्छ । सत्याग्रहले माग पूरा नभएमा आजदेखि आमरण अनसन बस्ने उहाँको तयारी छ ।

सत्याग्रहमा बस्नुअघि पशुपतिमा कपाल मुण्डन गरेपछि खाली खुट्टा हिँडेर उहाँ सिंहदरबारको दक्षिण ढोका पुग्नुभएको थियो । बाँसका सामग्रीसहित सिंहदरबार परिक्रमा गर्ने प्रयास असफल भएपछि उहाँले माइतीघर मण्डलामा बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह शुरु गर्नुभएको हो ।

यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उहाँले उपहार दिनुभएको थियो । भट्टराईले सत्याग्रह घोषणा गरेपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा संघीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments