Friday, December 5, 2025
Homeप्रविधिवाइफाइ हटस्पटमा प्रतिबन्ध

वाइफाइ हटस्पटमा प्रतिबन्ध

काठमाडौंः हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाइफाइ हटस्पट सञ्चालन गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइ हटस्पटमा प्रतिबन्ध लगाउँदै यस्तो सेवा सञ्चालन गर्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाइफाइको माध्यमबाट सिमलेस कनेक्टिभिटी\ रोमिङ\ मोबिलिटी सेवा प्रदान गर्न सक्नेछन् । यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवाप्रदायकले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाइफाइ हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको छ ।

प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ । मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकमले पाएका छन् भने आधारभूत टेलिफोन सेवाको लाइसेन्स यूटीएलसँग छ । यो कम्पनी अहिले सञ्चालनमा छैन ।

नेपालमा वाइफाइ हटस्पटको सबैभन्दा ठूलो सञ्जाल वर्ल्ड लिंकको छ । वर्ल्ड लिंकले वाइफाइ एक्सप्रेसको नाममा देशभर १४ हजारभन्दा बढी निःशुल्क वाइफाइ हटस्पट सेवा सञ्चालन गरिरहेको छ । यसबाट वर्ल्ड लिंकका ग्राहकमात्र नभई अन्य उपभोक्ता पनि लाभान्वित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments