विराटचोकः गायक अनु बुढाथोकीले तीजको गीत “उता तीजको लहर” सार्वजनिक गर्नुभएको छ । बुढाथोकीको आफ्नै युट्युब च्यानलमार्फत् गीत रिलिज भएको हो ।
सो गीतको शब्द रचना यादव घिमिरेले गर्नुभएको छ । नवीन गौतमले सङ्गीत सिर्जना गर्नुभएको गीत विशाल निरौलाले संयोजन गर्नुभएको छ ।
अविनाश बिक र राजु बस्नेतको कोरियोग्राफी रहेको सो गीतमा अमृता खड्का, सरिता दाहाल र गायक अनु बुढाथोकीले नृत्य गर्नुभएको छ । छायाङ्कन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको छ ।







