Friday, December 5, 2025
Homeफिचरगत वर्षभन्दा माथि पुग्यो शेयर बजार, पूँजीकरण नाघ्यो ५० खर्ब

गत वर्षभन्दा माथि पुग्यो शेयर बजार, पूँजीकरण नाघ्यो ५० खर्ब

विराटचोकः अन्ततः लगानीकर्ताले तय गरेको मनोवैज्ञानिक रेखाभन्दा माथि शेयर बजार अडिएको छ । योसँगै गत आर्थिक वर्षको भन्दा माथि शेयर बजार अडिएको छ । गत वर्ष साउन ३१ गते नेप्से ३००० दशमलव ८१ बिन्दुमा पुगेपछि घटेर २६०० बिन्दुसम्म आएको थियो । आज बजार १ दशमलव ०३ प्रतिशत अर्थात् ३० दशमलव ७६ अङ्क बढेर ३००२ दशमलव ०७ अङकमा अडिएको छ ।

योसँगै बजार पूँजीकरण पनि ५० खर्ब नाघेर हालसम्मकै उच्च पूँजीकरण कायम भएको छ । आज बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख २ हजार ३४७ रुपैयाँ कायम भएको छ ।

आज ३२१ वटा कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १ लाख ५७ हजार ५२५ पटक किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँको शेयर किनबेच भएको छ ।

३ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाउँदा अन्य समूह सर्वाधिक अर्थात् २ दशमलव ६९ प्रतिशतले बढेको छ । आज विकास बैंक समूह ० दशमलव ४९ प्रतिशत, फाइनान्स समूह ० दशमलव १० प्रतिशत र व्यापार समूह ० दशमलव २५ प्रतिशत घटे ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ६४ करोड ४१ लाख ३८ हजार २७५ रुपैयाँको शेयर किनबेच भएको छ । ग्रीन भेन्चर लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स र राधी विद्युत कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक ८ दशमलव ६० प्रतिशतले घटेको छ ।

आज प्रभु बैंकको सर्वाधिक १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ । कुमारी बैंक, सनराइज ब्लुचिप फण्ड, ग्रीन भेञ्चर लिमिटेड र ङादी ग्रुप पावरको सर्वाधिक कित्ता शेयर किनबेच भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments