रोल्पाः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा सबैभन्दा बढी ३ दशमलव ९१ जीपीए लिई रोल्पा जिल्ला प्रथम हुनुभएकी पूजा थापालाई सत्प्रयास समूह रोल्पाले नगद ५० हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो ।
जिल्ला सदरमुकाम लिबाङमा सम्पन्न कार्यक्रममा सत्प्रयास समूहले स्थापना गरेको पुरस्कार बालकल्याण मावि लिबाङबाट एसईई परीक्षा दिएकी थापाले प्राप्त गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सांसद दीपेन्द्रकुमार पुनमगरलगायतले सम्मान गर्नुभएको थियो ।







