Friday, December 5, 2025
Homeधर्म र संस्कृतिसाउन २६ गते विराटचोकमा लाखे नाच प्रदर्शनी हुने

साउन २६ गते विराटचोकमा लाखे नाच प्रदर्शनी हुने

विराटचोकः यही साउन २६ गते मोरङको सुन्दरहरैंचा–९ स्थित कालीखोला परिसरमा रहेको जेसीज भवनमा लाखे नाच प्रदर्शनी हुने भएको छ । भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि हुने सो लाखे नाच प्रदर्शनीमा झापा, मोरङ र सुनसरीका टोलीले नाच प्रदर्शनी गर्ने आयोजकले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी आयोजकले दिएको जानकारी अनुसार प्रदर्शनीमा २० वटा समूहको सहभागिता रहनेछ । नेवा देय दबू मोरङ जिल्ला कार्यसमिति र इन्द्रपुर नेवा पुचः सुन्दरहरैंचाको संयुक्त आयोजनामा लाखे नाच प्रदर्शनी हुने भएको हो ।

सुन्दरहरैंचामा हुने सो लाखे नाच प्रदर्शनीमा विगतका वर्षमा झैँ यस वर्ष पनि इन्द्रपुर जेसीज, विभिन्न लायन्स क्लब, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर साना शहरी खानेपानी आयोजनालगायतका विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments