Friday, December 5, 2025
Homeफिचरवर्ष दिनमा ४२ खर्बको शेयर कारोबार हुँदा ब्रोकरले कमाए साढे चार अर्ब

वर्ष दिनमा ४२ खर्बको शेयर कारोबार हुँदा ब्रोकरले कमाए साढे चार अर्ब

काठमाडौंः गत आर्थिक वर्ष २०८१\८२ मा ४२ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । शेयर खरिदबिक्री गर्न हाल देशभर ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी कारोबार गर्ने नासा सेक्युरिटिज रहेको छ । सो कम्पनीबाट एक आर्थिक वर्षमा १ खर्ब २९ अर्ब १८ करोडको खरिद र १ खर्ब २९ अर्ब ४० करोडको शेयर बिक्री भएको छ । नासाले ४० करोड कमिसन उठाएको छ । यो रकमबाट नेप्सेले ८ करोड १३ लाख पाएको छ भने कम्पनीले २७ करोड कमिसन प्राप्त गरेको छ ।

इम्पेरियल सेक्युरिटिजबाट ८३ अर्बको शेयर खरिद र ८७ अर्बको बिक्री भएको छ । यो कारोबारबाट इम्पोरियलले २६ करोड ८८ लाख ब्रोकर कमिसन उठाएको छ । जसमध्ये नेप्सेले ५ करोड ३७ लाख र ब्रोकर कम्पनीले १८ करोड २८ लाख कमिसन प्राप्त गरेका छन् ।

भिजन सेक्युरिटिजबाट ७९ अर्ब ७८ करोडको खरिद र ७७ अर्ब २३ करोडको बिक्री भएको छ ।

गत आर्थिक वर्षमा ६ अर्ब ६८ करोड ३३ लाख ब्रोकर कमिसन सङ्कलन भएको छ । यसमध्ये नेप्सेले १ अर्ब ३३ करोड ६६ लाख र ९२ वटा ब्रोकर कम्पनीले ४ अर्ब ५४ करोड ४६ लाख रुपैयाँ पाएका छन् ।

गत वर्ष ४ अर्ब ७८ करोड ३९ लाख ९५ हजार ५१८ कित्ता शेयर बिक्री र ४ अर्ब ७१ करोड २७ लाख ७ हजार २७२ कित्ता खरिद भएका छन् ।

गत वर्ष नेप्सेमा १६ करोड ६८ लाख कित्ता हकप्रद शेयर, ३ करोड ५० लाख कित्ता आईपीओ, ११ लाख २० हजार कित्ता एफपीओ, ५ करोड १५ लाख कित्ता कर्पोरेट डिबेन्चर र २ करोड ४३ लाख कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी हिमालय रि–इन्स्योरेन्स कम्पनीको शेयर ६ लाख ३१ हजार पटक खरिद बिक्री भएको छ । त्यस्तै नेपाल पूर्वाधार बैंकको ३ लाख ४० हजार, न्यादी पावर समूहको ३ लाख ३४ हजार र अपी पावरको २ लाख ९९ हजार पटक शेयर किनबेच भएको छ ।

सबैभन्दा बढी न्यादीको १२ करोड ६९ लाख कित्ता शेयर किनबेच भएको छ । कुमारी बैंकको १० करोड ७ लाख कित्ता, अपी पावरको ८ करोड ८९ लाख कित्ता, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ७८ लाख कित्ता र एचआइडीसीएलको ८ करोड ६८ लाख कित्ता शेयर किनबेच भएको छ ।

बजार पूँजीकरणका हिसाबले विशाल बजार सबैभन्दा ठूलो कम्पनी बनेको छ । यो कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब १५ अर्ब पुगेको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको १ खर्ब ६९ अर्ब, नेपाल दूरसञ्चार कम्पनीको १ खर्ब ५७ अर्ब, नबिल बैंकको १ खर्ब ४६ अर्ब र नागरिक लगानी कोषको १ खर्ब २८ अर्ब बजार पूँजीकरण रहेको छ ।

कारोबार रकमका हिसाबले सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ६८ अर्ब २० करोड, निफ्राको ५२ अर्ब ७१ करोड, न्यादी पावरको ४९ अर्ब २५ करोड र राधी जलविद्युतको ४० अर्ब ५६ करोडको कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments