Friday, December 5, 2025
Homeफिचरबोली नआउने र प्यारालाइसिस भएकालाई निको पार्ने शिवशक्ति बाबाको दाबी 

बोली नआउने र प्यारालाइसिस भएकालाई निको पार्ने शिवशक्ति बाबाको दाबी 

लेटाङः मोरङको लेटाङ– ९ जाँतेमा रहेको शिवशक्ति बाबाधाम त्रिकालेश्वर शिवालय मन्दिरस्थित आश्रममा बस्नुहुने शिवशक्ति बाबाले  आफूले बोली नआउने समस्या भएका र प्यारालाइसिस भएका व्यक्तिलाई निको पार्न सक्ने दाबी गर्नुभएको छ ।
आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको दाबी गर्नु भएको छ । रामधुनी सुनसरीमा आयोजित धार्मिक कार्यक्रमकाबीच गत असार २७ गते आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको बताउनु भएको हो ।
रामधुनी सुनसरीमा, नरेन्द्र मोदी विचार मञ्च भारत, अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन र विश्व वैदिक गुरुकुल फाउन्डेसन माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) द्वारा आयोजित सनातन धर्म सम्मान समारोह कार्यक्रममा आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भारतमा हुने आगामी कुम्भ मेलामा आफुलाई औपचारिकरुपमा “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिने पनि जानकारी दिनुभयो । आफूलाई पढेर नभई जन्मसिद्ध प्राप्त दैविक शक्तिका कारण “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।
मङ्गलबार आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बोली नआएका ५ वर्षसम्मका बालबालिका र बोली आएर पछि बोली रोकिएको जुनसुकै उमेरका व्यक्तिको बोली फर्काउन सक्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आफूमा जन्मसिद्ध दैविक शक्ति रहेको र सो शक्तिको सदुपयोग गर्दै विभिन्न दुःखविराममा परेकाहरुको उपचार गर्दै आएको जानकारी दिनुभएको छ । सानैमा वनझांक्रीले लगेपछि आफूलाई यस्तो दैविक शक्ति प्राप्त भएको उहाँको भनाइ छ ।
शिवशक्ति बाबाले आगमी फागुनमा लेटाङ–९ जाँतेस्थित आफ्नो आश्रममा कोटीहोम शिवपुराण आयोजना गर्ने पनि जानकारी दिनुभएको छ । सो कोटीहोम शिवपुराणमा नेपाल र भारतका प्रसिद्ध कथावाचक र धर्मगुरुहरुको विशेष सहभागिता रहने पनि उहाँले जानकारी दिनुभयो ।
बाबाले २०५३ सालदेखि भगवान शिवको पूजाआराधना गर्नु भएकोमा २०७३ देखि आफ्नै निवासमा शिवशक्ति बाबाधाम त्रिकालेश्वर शिवालय मन्दिर स्थापना गरी विश्व शान्ति पूजा गरी आफूलाई प्राप्त दैविक ज्ञानको सदुपयोग गरेको बताउनुभयो ।
शिवशक्ति बाबाको सचिवालयका सचिव बासुदेव सिँजाली मगरले सुनसरीको रामधुनीमा आयोजित कार्यक्रममा शिवशक्ति बाबालाई विभिन्न ३ वटा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त भएको जानकारी दिनुभयो । उहाँलाई विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभियान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर उपाधि प्रदान गरिएको सिँजाली मगरले जानकारी दिनुभयो ।
शिवशक्ति बाबालाई वैदिक सनातन धर्म प्रचारप्रसार गरी सनातन सभ्यताको संरक्षण एवं दैविक शक्तिद्वारा समाज सेवा गरेबापत सम्मान गरिएको जनाइएको छ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments