Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज साउन १ गते, ‘लुतो फाल्ने’ दिन

आज साउन १ गते, ‘लुतो फाल्ने’ दिन

विराटचोकः आजदेखि साउन महिना शुरु भएको छ । साउन महिनादेखि दक्षिणायण शुरु हुन्छ । आज नेपाली समाजमा लुतो फाल्ने दिनका रुपमा पनि चिनिन्छ ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर यो संस्कार चलेको हो । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । हिजोआज लुतो फल्ने चलन कम भएको छ ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रूपमा नै लुतो फाल्ने प्रचलन रहेको छ ।

आज दिउँसो भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गरिन्छ । साँझमा ती वनस्पति बालेर कण्डारकको पूजा गरिन्छ र चारै दिशामा अगुल्टो फ्याँकिन्छ । जसलाई लुतो फाल्ने भनिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments