Friday, December 5, 2025
Homeफिचरइन्भेस्टमेन्ट मेघा बैंकका ग्राहकलाई विराट मेडिकल र विराट नर्सिङ होममा विशेष छुट

इन्भेस्टमेन्ट मेघा बैंकका ग्राहकलाई विराट मेडिकल र विराट नर्सिङ होममा विशेष छुट

विराटचोकः नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् ।

सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्सरे, यूएसजी\ईसीजी, सीटी स्क्यान\एमआरआई, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेसन थिएटर तथा आईसीयू\एनआईसीयू\पीआईसीयूमा ५ प्रतिशत छुट पाउनेछन् ।

विराट नर्सिङ होममा एनआईएमबीका ग्राहकले सामान्य ओपीडी परामर्श, एक्सरे, यूएसजी\ईसीजी, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेसन थिएटर, आईसीयू\एनआईसीयू\पीआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सीटी स्क्यान\एमआरआईमा ७ सय ५० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

यस्तो छुट लिन ग्राहकले एनआईएमबी डेबिट\क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments