विराटचोकः आजदेखि सरकारको नयाँ बजेट र मौद्रिक नीति कार्यान्वयन प्रारम्भ हुन्छ । यससँगै आजदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय कार्यान्वयन गर्नेछ ।
विलासिता कर लाग्ने भएपछि आन्तरिक राजस्व विभागले बिलको ढाँचासमेत बनाइसकेको छ ।
विलासिता करसँगै सुनको भाउ ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।







